दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर २१ गते २०:५८

दोलखा। दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । यहाँको तामाकोशी–मन्थली सडकअन्तर्गत बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदी नजिकै आज भएको मोटरसाइकल दुर्घटनामा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका ३० वर्षीय अङ्कितराज उप्रेतीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मेलुङ गाउँपालिका–१ पवटीका ३० वर्षीय दोर्जे लामा घाइते भएका र उहाँको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए।
सम्बन्धित














टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
‘Rhino Cruise’ coming into operation from Gaindakot
46 days to go for HoR elections: EC hopeful of compliance with code of conduct
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया