माधव नेपाल समुहको निश्कर्ष
परिणामविहीन वार्ता र एकताको नाममा अलमलिनु हुन्न, वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन्छ (पारित प्रस्तावसहित)
केन्द्रीय कमिटीका सदस्यहरुको भेलाबाट प्राप्त सुझाव समेटेर नेपाल पक्षले १० वुँदे प्रस्ताव पारित गरेको छ

काठमाडौं । सत्तारुढ दल एमालेभित्रै अन्तरसंर्घष गरिरहेको माधव नेपाल र झलनाथ खनाल समुहले बाध्य भएर आफुहरु वैकल्पिक बाटो अवलम्वन गर्नुपर्ने अवस्थामा पुगेको निश्कर्ष निकालेको छ ।
दुई दिन सम्म आफु पक्षका केन्द्रीय सदस्यहरुसँगको छलफल र त्यसपछि बसेको स्थायी समिति बैठकपछि पारित गरेको समसमायिक प्रस्तावमा नेपाल खनाल पक्षले नेपालको संविधान, पार्टीको विधान र कम्युनिष्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने अवस्था आएको बताएको छ ।
‘असंवैधानिक किसिमले प्रतिनिधि सभा विघटन गरी आमनिर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेकोस्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षडयन्त्रपूर्ण जालझेलमा अलमलिनु नहुने स्पष्ट छ,’ नेपाल खनाल पक्षले बैठकबाट पारित गरेको १० बुँदे प्रस्तावमा भनिएको छ,-‘यस्तो स्थितिमा हामीले नेपालको संविधान, पार्टीको विधान र कम्युनिष्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन्छ ।’
आफुहरु पार्टीको एकता तथा सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको भन्दै यो पक्षले केपी ओलीबाट गत फागुन २८ गते पार्टी विधान विपरीत गरिएको फुटपरस्त निर्णय पछि तीन महिना बित्न थालिसकेका र यस अवधिमा प्रधानमन्त्री समेत रहनु भएका केपी ओलीबाट नेपालको संविधान र पार्टीको विधान विपरीत विभिन्न गतिविधि भएका र पार्टीमा एकता कायम गर्ने दिशामा उन्मुख हुनुको साटो अन्तरविरोध र विभाजन बढाउने कामकुरा मात्रै गरिएको बताएका छन् ।
आफुहरुले अघि सारेका मागमा तत्काल निश्चित समयावधिमा विश्वनीय रुपमा कार्यान्वयन हुनेगरी सहमति सार्वजनिक भएमात्र अध्यक्ष केपी ओली पार्टी एकताको पक्षमा रहनुभएको ठहरिने नेपाल खनाल पक्षको भनाई छ ।
केन्द्रदेखि स्थानीय तहसम्म कथित स्पष्टीकरण, निलम्बन र निष्काशन लगायतका सबै कार्वाईहरु तत्काल खारेज गरिनुपर्ने अन्यथा असंवैधानिक किसिमले प्रतिनिधि सभा विघटन गरी आमनिर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेकोस्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षडयन्त्रपूर्ण जालझेलमा अलमलिनु नहुने आफनो पक्षको स्पष्ट मान्यता रहेको खनाल नेपाल पक्षले जनाएको छ ।
हेर्नुहोस केन्द्रीय समिति बैठकपछि पारित गरेको प्रस्ताव













रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य
गरिबीको रेखाभन्दा तल २०.२७ प्रतिशत जनसङ्ख्या, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया