माओवादीले लियो प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता
मेरोन्यूज
२०७८ जेठ २३ गते १७:०६
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारको दिएको समर्थन फिर्ता लिएको छ । आइतबार प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा असफल भएको, कोरोना नियन्त्रण (कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकाले समर्थन दिइरहन अनुपयुक्त भएको जनाएको छ । यी कारणले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।
माओवादी केन्द्र प्रदेश १ संसदीय दलको २०७७ चैत १६ गतेको निर्णयले सरकारको समर्थन फिर्ता लिने निर्णय भएको थियो ।
सम्बन्धित










यस्ताे छ आजकाे माैसम पूर्वानुमान
भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
प्रतिक्रिया