मदिरा खाने पैसा नदिँदा आगो लगाएर श्रीमतीको हत्या
काठमाडौँ । मदिरा खान पैसा माग्दा नदिएपछि सिराहाको धनगढीमाई नगरपालिका ३ का युवाले ८ महिने गर्भवती श्रीमतीको जलाएर हत्या गरेका छन् । जलेर गम्भीर घाइते भएकी ३० वर्षीय पुजा चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न २९ वर्षीय दीपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले मदिरा खान पैसा माग्दा नदिएपछि पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. तपन कुमार दाहालका अनुसार २१ जेठमा राति करिब साढे ८ बजेतिर गर्भवती चौधरीको निधन भएको हो । उनलाई श्रीमान र सासुले उपचारका लागि लहानस्थित कामना नर्सिङ होम लगेका थिए ।
‘घाइते भएकी चौधरीलाई नर्सिङ होमले विराटनगर लैजान रेफर गरिदिएसँगै उनका श्रीमान फरार भएको देखिन्छ,’ दाहालले भने, ‘मृतककी सासुले राति नै विराटनगरस्थित नोवेल अस्पताल पुर्याएपछि त्यहाँबाट पनि काठमाडौं लैजान भनेपछि काठमाडौं लैजाने क्रममा आइतबार बिहान सिन्धुलीमा मृत्यु भएको हो ।’
श्रीमतीलाई आगो लगाएपछि फरार रहेका चौधरीलाई प्रहरीले आइतबार दिउँसो हनुमाननगरस्थित घरबाट नै पक्राउ गरेको छ । प्रहरी पक्राउ गरेपछि उनले श्रीमतीलाई आगो लगाएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।









एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया