विवादका बीच ओलीको कदम
मधेसप्रति अनुदार ओली कसरी भए उदार ?
आफ्नो सम्पूर्ण ध्यान ठूलो भोट बैंक रहेको मधेसमा केन्द्रीत गर्न चाहन्छन् ।

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको छवि मधेस र मधेसी जनताप्रति अनुदार मानिन्थ्यो । मधेसी नेता तथा मधेसवादी पार्टीले उठाउँदै आएका माग तथा मुद्दाप्रति कुनै चाँसो राख्दैन थिए । उल्टो मधेस केन्द्रीत दलका नेताले उठाउँदै आएका मुद्दाको खरो रुपमा आलोचना गर्थे ।
उनले संविधान निर्माणका क्रममा पनि मधेसका माग सम्बोधन गर्न अनुदार देखिएका थिए । संविधान निर्माणपछि संविधान संशोधन गर्न मधेसका नेताहरूले पटक-पटक आग्रह गर्दा उनले चासो राखेका थिएनन् । ओली प्रधानमन्त्री भएपछि उपेन्द्र यादवलाई आफ्नो मन्त्रिपरिषद्मा उप प्रधानमन्त्री बनाए । उनले संविधान संशोधन गर्न खोज्दा ओलीले नमानेपछि यादवले ओलीलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा गरेका थिए ।
ओलीको मधेसी नेताविरुद्धको छवि नाका बन्दीका बेला झनै सतहमा आएको थियो । नाका बन्दीविरुद्ध उनले लिएको अडान र अभिव्यक्तिले एकाएक उनी राष्ट्रिय राजनीतिमा राष्ट्रवादी नेताको छवि बनाए ।
तर, उनै ओली अहिले एकाएक मधेस र मधेसवादी नेताका सबैभन्दा प्रिय देखिन खोजेका छन् । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई सत्तामा लैजान दुई वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक अध्यादेशमार्फत जारी गरेका छन् ।
सुरुमा यसको सबैभन्दा आलोचना गर्ने ओली नै थिए । उनले एक सार्वजनिक कार्यक्रममा नागरिकता उहिले उहिले रानीको जन्म दिवसमा केटाकेटीलाई स्कुलमा भेला गरेर चकलेट बाँडिन्थ्यो । नागरिकता चकलेट होइन बजारमा बसेर आउने जति सबैलाई बाड्ने । ओलीले भन्थ्ये, ‘हरेक नेपालीलाई सरकारले नागरिकता दिन्छ र दिइने छ । कुनै समस्या छैन । वैवाहिक अंगीकृतलाई ७ वर्षयता नागरिकता मिल्दैन ।’
यस्तै ओलीले टीकापुर घटनाका मुख्य योजनाकार भएको आरोप लागेका रेशमलाल चौधरीको रिहाईको सवालमा समेत लचिलो देखिएका छन् । कैलाली पटक-पटक जाँदा ओलीले चौधरीका बारेमा केही नबोली देश विखण्डन गर्न चाहनेले नै टीकापुर घटना घटाएको बताएका थिए ।
यस्तै, ओलीले मधेस आन्दोलनका क्रममा मुद्दा लागेका हुन् वा एमालेको मेची महाकाली अभियानका क्रममा मधेसमा भएका झडपका क्रममा मधेसवादी पार्टीका नेता तथा कार्यकर्तालाई लागेका मुद्दा फिर्ता लिएका छन् । सधै मधेस विरोधी नेताका रुपमा चिनिएका ओली यसपटक उदार देखिएका छन् ।
ओली जसरी भए पनि पूरा कार्यकाल प्रधानमन्त्री बन्न खोजिरहेका छन् । यसको लागि उनी जस्तो सुकै कदम पनि चाल्न तयार रहेको देखिन्छन् । उनले प्रतिनिधिसभाको विघटनको निर्णय सर्वोच्च अदालतबाट बदर हुने सम्भावना देखेपछि मधेस केन्द्रीत हुन भएको हुन् ।
ओली अहिले मधेस केन्द्रीत भएर आसन्न चुनावमा बढीभन्दा बढी मत मधेसबाट ल्याउन मधेसी जनताको मन जित्न खोजिरहेका छन् । तर, ओली यसमा कति सफल हुन्छ आगामी दिनमा हुने निर्वाचनबाट थाहा हुन्छ । अर्को ओली भारतसँग चिसिएको सम्बन्धलाई पनि सुधार गर्न चाहन्छन् । ओली मधेस केन्द्रीत भएर त्यसलाई सुधार गर्न खोजिरहेका छन् ।
मधेसी नेतालाई किन बनाए मन्त्री
प्रधानमन्त्री ओलीले राष्ट्रिय जनाता पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षलाई सरकारमा राम्रो स्थान दिएका छन् । उनले जसपाको ठूलो संख्यामा सरकारमा समेटेका हुन् । एमालेका चार मन्त्रीबाहेक सबैलाई बिदा गरेर जसपाका १० जना नेतालाई मन्त्री बनाएका हुन् । जसपामा ठाकुर पक्षसँग १९ सांसद रहेका छन् । त्यसमा १० जनालाई ओलीले मन्त्री बनाइदिएका छन् ।
राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार मधेसका नेतालाई मन्त्री बनाएर भारतलाई खुसी बनाउनुका साथै मधेस केन्द्रीत भोट तान्नु उनको उद्देश्य रहेको छ । उनका अनुसार विघटित प्रतिनिधिसभाको पुनः स्थापना हुने सम्भावना देखिएसँगै पछि पार्टी विभाजन भएमा नेपाली कांग्रेसका सभापति देउवालाई समर्थन गर्ने डरले पनि मन्त्रिपरिषद विस्तार गरेर मधेसी नेतालाई मन्त्री बनाएका हुन् ।
यस्तै पछिल्लो समयमा ओलीको भारतसँग झुकाव बढ्दै गएकाले भारतलाई खुसी बनाउन मधेसी नेतालाई सरकारमा लगेको उनले बताए । तराई÷मधेसका २२ जिल्लामा १ करोड ८० लाख जनसंख्या रहेका छ । ४९ जिल्लामा ६० लाख जनसंख्या रहेको छ । जसले गर्दा चुनाव जित्नका लागि मधेस केन्द्रीत हुनु आवश्यक देख्नु पनि रहेको छ ।
दाहालका अनुसार मधेसमा कांग्रेस कमजोर हुँदै जानु र ओलीले मधेसको मुद्दामा सहमति गरेर आफ्नो उपस्थित बलियो बनाउन कोसिस गरेका छन् । रुघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएर अबको केन्द्रको राजनीतिक निर्णयक ठाउँ मधेसलाई बनाउन खोजेका छन् ।
ओलीको राष्ट्रवाद धुमलिदै गएकाले पहाडतिरको मत पाउन ओलीलाई अब गाह्रो हुनेछ । तर, एमालेको जनमत पहाडमा बलियो रहेकोले राम्रो मत पाउने ओलीको आशा छ । त्यसैले उनी अब आफ्नो सम्पूर्ण ध्यान ठूलो भोट बैंक रहेको मधेसमा केन्द्रीत गर्न चाहेका छन् ।
मन्त्रीपरिषद विस्तार संवैधानिक कि असंवैधानिक
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भइरहेका बेला मन्त्रिपरिषद् विस्तार गरेपछि यो विवादमा आएको छ । यो संवैधानिक कि असंवैधानिक भनेर बहस सुरु भएको छ । मन्त्री नियुक्तविरुद्ध सर्वोच्चमा रिटसमेत परेको छ । यसबारे भोलि सुनुवाई हुनेछ ।
वरिष्ठ अधिवक्ता रमण क्षेष्ठले प्रतिनिधिसभाको विघटन भएको अवस्थामा प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार नभएको बताउँछन् । उनले संविधान मान्ने र संसदीय व्यवस्था भएको कुनै पनि देशमा यस्तो अभ्यास नभएको बताए । तर, महन्थ ठाकुर पक्षले लगाएको गुन तिर्न उनले हतार हतार मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

हरि भट्ट
मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।
















यस्तो छ बागलुङ–१ को चुनावी गणित
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थपियो
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
एमाले अध्यक्ष ओलीले गरे हुलाकी राजमार्गको अवलोकन
साेमबार पनि घट्याे नेप्से, काराेबारमा पनि गिरावट
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
प्रतिक्रिया