मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने
मेरोन्यूज
२०८२ मंसिर ३ गते ८:५२

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दै छ । उपसभामुख बबिता राउत इसरको निर्देशनमा प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।
आजको बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलमाथि दर्ता भएको महाअभियोगमाथि छलफल हुने बताइएको छ ।मधेस प्रदेशसभा सञ्चालनका लागि मङ्गलबार एमालेबाहेक विभिन्न पार्टीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरसमक्ष बैठक आह्वानको माग गरेका थिए ।
प्रदेशसभा नियमावलीमा प्रदेशसभाका २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेमा बैठक बोलाउनुपर्ने कानूनी व्यवस्था छ ।गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ७४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया