नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित
मेरोन्यूज
२०७८ जेठ २५ गते ६:५६

काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
कुवेतमा गएराती भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा फाइजलले नै व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २–० को अवस्थामा पुर्याए ।
६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३(० को जित दिलाए ।
जितसँगै समूह ‘बी’ को जोर्डन ६ खेलमा १३ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौथो स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियासँग खेल्नेछ ।
सम्बन्धित


















संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया