सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले विश्वासको मत लिंदै, विपक्षमा मत दिन एमालेको ह्वीप

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभाबाट विश्वासको मत लिंदैछन् ।
प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय छ ।
मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेश सभा सदस्यका लागि समेत छुट्टाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको धामीले बताए ।
मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।
सुदूरपश्चिममा हाल नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।
५२ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेश सभा सदस्य छन् ।
विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । प्रदेश सभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना र ओली पक्षका ६ जना छन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेको निर्देशन
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्री भट्टको विश्वासको मतको विपक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
सोमबार पार्टी केन्द्रीय कमिटीको निर्देशन बमोजिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले एमालेका सबै प्रदेश सभा सदस्यहरुलाई निर्देशनात्मक पत्र बुझाउँदै विक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।
प्रदेश कमिटीले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पनि पत्र लेखी पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशनसमेत दिएका छन् ।
१० जेठमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको १२ जेठमा बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि मुख्यमन्त्री भट्टले सरकारमा रहेका एमालेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर एमालेकै ४ मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरु सबै एमालेको माधव नेपाल पक्षका हुन् ।
स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको भन्दै एमाले अध्यक्ष केपीशर्मा ओलीले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका थिए ।
शाहले ओलीलाई स्पष्टीकरणको जवाफ पेश गरिसकेका छन् । यस्तै सरकारमा सहभागी अन्य मन्त्रीलाई समेत कारवाहीका लागि एमालेले प्रक्रिया अगाडि बढाइसकेको छ ।
मुख्यमन्त्री भट्टले प्रदेश सभाबाट विश्वासको मत लिन लागेपछि नेपाली कांग्रेस भने आन्तरिक छलफलमा जुटेको छ । प्रदेश संसदीय दलको बैठकबाट मख्यमन्त्री भट्टको विश्वासको प्रस्तावका पक्ष वा विपक्षमा मतदान गर्ने निणृइ गर्ने कांग्रेसले जनाएको छ ।















बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनामुलक कार्यक्रम सम्पन्न
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया