धरानको अस्थाई चौकीभित्र प्रहरीमाथी आक्रमण गर्ने ५ जना पक्राउ

काठमाडौं । प्रहरी चौकीभित्र छिरेर प्रहरीमाथी आक्रमण गर्ने ५ जना पक्राउ परेका छन् । जेठ १३ गते साँझ धरान १५ नयाँ बसपार्कस्थित अस्थायी प्रहरी चौकीमा प्रहरीमाथि आक्रमण गरेर फरार भएका मुख्य ५ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको धरान ४ का ३० वर्षीय बसन्त राई, धरान १५ का ३२ वर्षीय रेगन लिम्बु, धरान ५ का २४ वर्षीय बिक्रम राई, धरान ३ का २७ वर्षीय सिजन राई र धरान ४ का २६ वर्षीय कालु भन्ने सरोज लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा १० जना युवाहरु संलग्न भएको पत्ता लगाएको छ भने प्रहरीले हालसम्म मुख्य ५ आरोपीमात्र पक्राउ गर्न सकेको छ । अन्य ५ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइसकेको छ।
प्रहरीका अनुसार प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान हुँदा चौकीका इन्चार्ज असई सुमन दाहाल घाइते भएका थिए।
















खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
प्रतिक्रिया