वर्षौंसम्म बनेन मोटर पुल, स्थानीयलाई सास्ती

डोटी । जिल्लाका एक नगरपालिका तथा दुई गाउँपालिकासहित छिमेकी जिल्ला बझाङ जोड्ने उद्देश्यका साथ सेती नदीमाथि निर्माण गर्न लागिएको मोटर पुल शिलान्यास गरिएको वर्षौं बितिसक्दासमेत निर्माण सम्पन्न भएको छैन ।
पुलका पिलरसमेत निर्माण नगरिएको भन्दै यहाँका नागरिक पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी पुष्प–राजेन्द्र जेभी निर्माण सेवासँग आक्रोशित बन्न थालेका छन् । पुल निर्माणको जिम्मा पाएको उक्त कम्पनीको लपरवाहीका कारण समयमै पुल बन्न नसकेको स्थानीयको आरोप छ ।
पुल निर्माणका विषयमा पटक–पटक समाचार सम्प्रेषण गरे पनि सम्बन्धित निकायले कुनै वास्ता नगरेको आदर्श गाउँपालिकाका स्थानीय तेजु ओलीले बताए ।
उनले भने, “पुल निर्माण नभएको विषयमा कयौं पटक समाचार आए तर सम्बन्धित निकायले कुनै वास्ता गरेन, अझै केही वर्ष पुल बन्ने सम्भावना देखिंदैन ।”
तोकिएको समयमा पुल निर्माण नहुँदा जिल्लाको शिखर नगरपालिका र आदर्श गाउँपालिकाका स्थानीयवासीलाई निकै सास्ती भएको छ । पुल निर्माण चाँडो गर्न पहलका लागि यहाँका नागरिकले पटक–पटक सबै निकायमा खबर गर्दासमेत कुनै सुनुवाई भएको छैन । वर्षौंदेखि पुल अभावमा यहाँका स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् ।
सामान्य कामका लागि आवतजावत गर्न पनि उनीहरूलाई घण्टौं लामो पैदलयात्रा गर्नुपर्ने अवस्था आएको शिखर नगरपालिकाका स्थानीयवासी लोकबहादुर बलायरले बताए ।
उनले भने, “पुल निर्माण शुरु गरेको वर्षौँ बितिसक्यो तर सातनाली सडकको उक्त मोटर चल्ने पक्की पुल अझै बन्न सकेको छैन ।”
सातनाली–मेल्लेक–बझाङ जिल्लाको सडकलाई केआइसिंह राजमार्गसँग जोड्न जिल्लाको शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैनको सेती नदीमाथि पुल निर्माण गर्न विसं २०७१ असार २९ गते सम्झौता भएको थियो ।
उक्त सम्झौताअनुसार विसं २०७४ असार २९ गतेभित्र पुल निर्माण भइसक्नुपर्थ्यो । तर पुल निर्माण १० प्रतिशत पनि नभएको स्थानीयवासीको भनाइ छ ।


















विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया