ब्राउन सुगरसहित चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी ३०/३० वर्षीय भरत थापा र मनोज विक, १८ वर्षीय एनआर राना र सिम्ता गाउँपालिका–१ सुर्खेत निवासी कोमल राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
सुर्खेत भेरीगङ्गा नगरपालिका–५ बबईस्थित नेपालगञ्ज–सुर्खेत सडकखण्डमा नेपालगञ्जबाट सुर्खेततर्फ लागुऔषध ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट गएको प्रहरीको संयुक्त टोली बबई पुगेको उनले बताए ।
उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी शरीर र झोलामा खानतलासी गर्दा भरत विकले लगाएको रेनकोटको बायाँ गोजीमा दुई पोका र एनआर रानाले लगाएको कालो मास्क र पहेलो रङको झोलाभित्र लुकाइछिपाइ राखेको एक पोका र एक पुरीया गरी जम्मा तीन पोका एक पुरीया ब्राउन सुगर नापतौल गर्दा दुई ग्राम १४० मिलीग्राम परिमाण भेटिएको उनको भनाइ छ ।
पक्राउ परेका चार जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया