महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए पदाधिकारी बैठक
मेरोन्यूज
२०७८ जेठ २८ गते १५:५५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबारे निर्णय लिन सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
शनिबार दिउँसो २ बजे देउवा निवासमा बूढानीलकण्ठमा बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
जेष्ठ २५ गते नै पार्टीको शीर्ष तहका महाधिवेशनबारे छलफल गर्ने बताइएको थियो । तर नेता कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाबाट नर्फिएकाले रोकिएको थियो । सिटौला फर्किएसँगै देउवाले भोलिलाई बैठक बोलाएका हुन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया