महाधिवेशनबारे निर्णय लिन देउवाले बोलाए पदाधिकारी बैठक
मेरोन्यूज
२०७८ जेठ २८ गते १५:५५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबारे निर्णय लिन सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
शनिबार दिउँसो २ बजे देउवा निवासमा बूढानीलकण्ठमा बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
जेष्ठ २५ गते नै पार्टीको शीर्ष तहका महाधिवेशनबारे छलफल गर्ने बताइएको थियो । तर नेता कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाबाट नर्फिएकाले रोकिएको थियो । सिटौला फर्किएसँगै देउवाले भोलिलाई बैठक बोलाएका हुन् ।
सम्बन्धित










अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया