वैद्यलाई अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न काग्रेसको निर्देशन

काठमाडौं । कांग्रेसले आफ्ना बागमती प्रदेश सदस्य नरोत्तम बैद्यलाई प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न निर्देशन गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सदनमा संयमता गुमाउन नहुने भन्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिइएसकेको वक्तब्य जारी गरेर उल्लेख गरेका छन् ।
वैद्यले शुक्रवार बागमति प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्द आपत्तिजनक अभिब्यक्ति दिएका थिए ।
उनले रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो । त्यसपछि एमालेले त्यसमा आपत्ति जनाउँदै त्यसमा दलको समेत ध्यानाकर्षण गराएको थियो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अभिब्यक्ति आपत्तिजनक र निन्दनिय भएको भन्दै सम्वन्धित दल काग्रेसलाई यो विषय फौजदारी कानुन आकर्षति हुने विषय भएको ध्यानाकर्षण गराएको छ ।
एमालेले आपत्ति जनाए को विषयमा काग्रेस प्रवक्ता शर्माले पनि अभिब्यक्ति फिर्ता लिई आत्मआलोचना गर्न निर्देशन गरेको हो ।

प्रतिक्रिया