वैद्यलाई अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न काग्रेसको निर्देशन

काठमाडौं । कांग्रेसले आफ्ना बागमती प्रदेश सदस्य नरोत्तम बैद्यलाई प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न निर्देशन गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सदनमा संयमता गुमाउन नहुने भन्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिइएसकेको वक्तब्य जारी गरेर उल्लेख गरेका छन् ।
वैद्यले शुक्रवार बागमति प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्द आपत्तिजनक अभिब्यक्ति दिएका थिए ।
उनले रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो । त्यसपछि एमालेले त्यसमा आपत्ति जनाउँदै त्यसमा दलको समेत ध्यानाकर्षण गराएको थियो ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अभिब्यक्ति आपत्तिजनक र निन्दनिय भएको भन्दै सम्वन्धित दल काग्रेसलाई यो विषय फौजदारी कानुन आकर्षति हुने विषय भएको ध्यानाकर्षण गराएको छ ।
एमालेले आपत्ति जनाए को विषयमा काग्रेस प्रवक्ता शर्माले पनि अभिब्यक्ति फिर्ता लिई आत्मआलोचना गर्न निर्देशन गरेको हो ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया