ओली भाइरस पोखरामा सल्केछ : बाबुराम भट्टराई
मेरोन्यूज
२०७८ जेठ २९ गते १६:४०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस गण्डकी प्रदेशमा पनि सल्केको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको सिको गर्दै मुख्यमन्त्रीमा दाबी गरेपछि उनले यस्तो बताएका हुन् ।
डा. भट्टराईले यस प्रकारको असंवैधानिक कदमले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने खेल भएको बताएका छन् । उनले भने, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है, यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो ।’
उनले सबैतिरबाट असंवैधानिक कदमको विरुद्धमा उत्रिनु पर्ने बताएका छन् । उनले थपे, ‘ अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौँ, सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौँ, ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ ।’
सम्बन्धित










प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
प्रतिक्रिया