ओली भाइरस पोखरामा सल्केछ : बाबुराम भट्टराई
मेरोन्यूज
२०७८ जेठ २९ गते १६:४०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ओली भाइरस गण्डकी प्रदेशमा पनि सल्केको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको सिको गर्दै मुख्यमन्त्रीमा दाबी गरेपछि उनले यस्तो बताएका हुन् ।
डा. भट्टराईले यस प्रकारको असंवैधानिक कदमले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने खेल भएको बताएका छन् । उनले भने, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है, यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो ।’
उनले सबैतिरबाट असंवैधानिक कदमको विरुद्धमा उत्रिनु पर्ने बताएका छन् । उनले थपे, ‘ अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौँ, सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौँ, ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ ।’
सम्बन्धित














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया