कांग्रेसको महाधिवेशन मिति सर्यो
मेरोन्यूज
२०७८ जेठ २९ गते १७:५३

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको ९ दिन पर सरेको छ । कांग्रेस पदाधिकारी बैठकले आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय रहेको थियो । आज शनिबार बसेको पदाधिकारी बैठकले महाधिवेशनको कार्य तालिका संशोधन गरेको हो ।
महाधिवेशन काठमाडौँमा हुने भएको छ ।
यो पनि पढ्नुहोस् : कांग्रेसको महाधिवेशन मिति फेर्ने तयारी
सम्बन्धित
प्रतिक्रिया