गुरुङले भने- गण्डकीमा गठबन्धन सरकारको आयु लामो छैन

काठमाडौँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काँग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारको आयु लामो नभएको बताएका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको बताए ।
गुरुङले गण्डकीमा एमालेले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए । उनले भने, ‘प्रदेशमा अव एमालेले रचनात्मक प्रतिपक्षको भुमिका खेल्छ । गुटउपगुटमा विभाजित अप्राकृतिक यो गठबन्धन पूर्वपश्चिम फर्केको छ । कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन ।’ उनले प्रदेश सभा ५ वर्ष चल्नुपर्ने मान्यतामा आफू रहेको बताए । उनले आफुले गरेको मुख्यमन्त्रीमा दाबी पेशलाई गलत अर्थले प्रचारबाजी गराएको बताए ।
उपधारा ५ अनुसार प्रदेशका सबै सदस्यले दाबी गर्न पाउने व्यवस्था रहेकाले आफूले पनि दाबी गरेको उनले बताए । सहज प्रक्रियामार्फत सरकार परिवर्तन भएको भन्दै उनले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई संघीयताको मर्मअनुसार काम गर्न सुझाव दिएका छन् ।














यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया