गुरुङले भने- गण्डकीमा गठबन्धन सरकारको आयु लामो छैन

काठमाडौँ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काँग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारको आयु लामो नभएको बताएका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको बताए ।
गुरुङले गण्डकीमा एमालेले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए । उनले भने, ‘प्रदेशमा अव एमालेले रचनात्मक प्रतिपक्षको भुमिका खेल्छ । गुटउपगुटमा विभाजित अप्राकृतिक यो गठबन्धन पूर्वपश्चिम फर्केको छ । कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन ।’ उनले प्रदेश सभा ५ वर्ष चल्नुपर्ने मान्यतामा आफू रहेको बताए । उनले आफुले गरेको मुख्यमन्त्रीमा दाबी पेशलाई गलत अर्थले प्रचारबाजी गराएको बताए ।
उपधारा ५ अनुसार प्रदेशका सबै सदस्यले दाबी गर्न पाउने व्यवस्था रहेकाले आफूले पनि दाबी गरेको उनले बताए । सहज प्रक्रियामार्फत सरकार परिवर्तन भएको भन्दै उनले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई संघीयताको मर्मअनुसार काम गर्न सुझाव दिएका छन् ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया