साताको पहिलो दिन नेप्सेमा उल्लेख्य सुधार

काठमाडौँ । स्टक एक्सेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक साताको पहिलो दिन आज आइतबार ३८ दशमलब ३२ अंकले उकालो लागेको छ ।
नेप्से अघिल्लो दिनको तुलनामा १ दशमलब ३ प्रतिशतले वृद्धि भई २ हजार ९ सय ८३ दशमलब १ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
आइतबार कूल २ सय २० कम्पनीको १ लाख ८२ हजार ४ सय २० कारोबारबाट १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपैयाँ बराबरका ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार रकम, नेप्से सूचक दुबैमा नयाँ रेकर्ड कायम भएको दिन आज ४४ कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतले वृद्धि भएको स्टक एक्सचेञ्जको सूचकमा छ ।
आइतबार शेयर बजारमा श्री इन्भेष्टमेनट फाइनान्स, आईसिएफसि फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतका दरले बढेको हो ।
यसैगरी हाइड्रोेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, नेपाल हाइड्रो डेभलपर्स, पाँचथर पावर कम्पनी, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत, बेष्ट फाइनान्स, मञ्जुश्री फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, रैराङ हाइड्रोपावर डेभलपर्स, लिवर्टी इनर्जी, मल्टिपर्पस फाइनान्स, तारागाँउ रिजेन्सी होटल, हिमाल दोलखा हाइड्रोेपावर र समृद्धि फाइनान्सको मूल्य ९ दशमलब ७ प्रतिशत बढेको स्टक एक्सचेञ्जको मापनमा देखाएको छ ।
साताको पहिलो दिन सेयर कारोबारसँगै आइतबार जलविद्युत् कम्पनी, फाइनान्स, र विकास बैंकमा लगानीकर्ता झुम्मिएका हुन् ।
यो पनि पढ्नुहोस्















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया