कोरोना विरुद्धको खोपमा पनि दलिय भागभण्डा

काठमाडौँ । चीनले अनुदानमा दिएको १० लाख डोज भेरोसेल खोपमा दलिय भागभण्डा गरिएको छ । उक्त खोपलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने निर्णय गरेको थियो ।
तर, स्थानीय तहरुले त्यसको दुरुपयोग गरेका छन् । यसको उदाहरणका रुपमा उदयपुरको बेलका नगरपालिका रहेको छ । उक्त नगरपालिकाले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुलाई कोरोना खोप भागवण्डा लगाएको पाइएको छ ।
नगरपालिकाका नगर प्रमुख दुर्गाप्रसाद थापाले नगरपालिकाका सबै वडा कार्यालयमा पठाएको पत्रमा अग्रपंक्तिमा रहेर काम गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका १०/१० जना र स्थानीय तहका ३ जनालाई खोप दिन भनिएको छ ।
उक्त पत्रमा यसअघि छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहान, नागरपालिकाका कर्मचारी, पत्रकार, निजामती कर्मचारी, नेपाल प्रहरीलाई पनि कोरोना खोप दिन भनिएको छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया