आजको मौसमः कहाँ कहाँ पानी पर्छ त ?

काठमाडौं । यो वर्षको मनसुन सुरु भएसँगै मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मुलुकभर सामान्यदेखिपूर्ण बदली रही वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञा विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
राती भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया