वर्षासँगै यी नदीमा पानीको बहाव बढ्ने, सचेत हुन सरकारको आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले केही दिन देशभर वर्षा हुने जनाएसँगै सरकारले नदी किनारमा बस्ने सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । नेपाल सरकार बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदीहरूमा पानीको सतह बढ्ने भन्दै सचेत हुन आग्रह गरेको हो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, नारायणी, कर्णाली, महाकालीलगायत यसका सहायक नदीहरूमा पानीको बहाव घट्ने अवस्थामा रहेको छ । यस्तै, लमजुङ, कास्की, पर्वत, बागलुङ, पाल्पा, गुल्मी, प्यु्ठान कैलालीलगायतका जिल्लाहरूका नदीमा वर्षाका कारण पानीको बहाव बढ्ने जनाएको छ ।
यस्तै, मंगलबार नारायणी नदीसहित यसका सहायक नदीहरूमा पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ । बागमती नदीसहित चुरे क्षेत्र भई बग्ने नदीहरूमा पनि पानीको बहाव बढ्ने जनाएको छ । महाशाखाले आगामी ३ दिनका लागि सार्वजनिक सुचना जारी गर्दै नदी किनारमा बस्ने सर्वसाधरणलाई सचेत हुन आग्रह गरेको हो ।

प्रतिक्रिया