प्रदेश १ मा साढे ३२ अर्बकाे बजेट विनियोजन (पूर्णपाठ)

काठमाडौँ । प्रदेश १ सरकारको बजेट विनियोजन भएको छ । आगामि आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले आज बजेट ल्याएको हो ।
प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुटाइएको छ ।
प्रदेश १ सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा करिब ७ अर्ब कम बजेट ल्याएको छ । अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट विनियोजन गरेको थियो । प्रदेश १ सरकारले ४ अर्ब ९ करोड ७७ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ ।
यस्तै, केन्द्र सरकारबाट आउने राजस्व बाँडफाँड तर्फ ९ अर्ब ८१ करोड ६६ लाख, समानीकरण अनुदान तर्फ ८ अर्ब ५६ करोड, सर्सत अनुदान तर्फ ५ अर्ब ९६ करोड ७७ लाख, समपूरक अनुदानतर्फ १ अर्ब १६ करोड ४८ लाख र बिशेष अनुदान ५९ करोड ३३ लाख गरी कुल राजस्व र वित्तिय हस्तान्तरण तर्फबाट ३० अर्ब २० करोड ७९ लाख प्राप्त जनाएको छ ।
प्रदेश सरकारको बचत २ अर्ब रुपैया रहेको छ । बैदेशिक अनुदान २६ करोड १३ लाख व्यहोर्ने आर्थिक मामिलामन्त्री आङ्बुहाङले बताए । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट विनियोजन गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसै अनुसार प्रदेश सरकारले आज बजेट विनियोज गर्दै छन् ।

















निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया