संघ र प्रदेश सरकारबाट बाढी पीडितलाई सहयोग

लमजुङ । केही दिन अघि दोर्दी खोलामा आएको बाढी पहिराले घर बगाएर बाढी पीडित भएकाहरुलाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट आर्थिक तथा सामग्री सहयोग भएको छ ।
लमजुङ दोर्दी गाउँपालिका-८ हिलेबजारका बाढी पीडित १८ परिवालाई सङ्घीय सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रतिपरिवार १० हजार र प्रदेश सरकारले प्रतिपरिवार डेढ बन्डल जस्तापाता सहयोग गरेको हो । सो सहयोग गण्डकी प्रदेशका नवनियुक्त बिना विभागीय मन्त्री मधुमाया अधिकारी गुरुङले पीडितहरुलाई हस्तान्तरण गर्दै आवास पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग पहल गर्ने र प्रदेश सरकारले पनि सहयोग गर्ने बताइन् ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सङ्घीय, प्रदेश र स्थानीय तीन वटै सरकारले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए । दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङले बाढी पीडित समुदायलाई थप सहयोग गर्न सङ्घीय तथा प्रदेश सरकारसँग आग्रह गरे ।
गत आइतबारदेखि परेको वर्षासँगै आएको बाढीले १८ घर बगाएको छ भने ६० घरपरिवार विस्तापित भई हाल फलेनी माविमा बसिरहेका छन् । बाढीले यहाँ आवतजावत गर्ने सबै बाटो तथा पुल क्षतविक्षत गर्दा थप समस्या भएको छ । रासस


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया