सोमबार, चैत २३, २०८२

आठ स्थानीय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण

मेरोन्यूज २०७८ असार ५ गते ७:३३

कञ्चनपुर । होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुर्‍याउने उद्धेश्यले कञ्चनपुरका आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलव्ध गराइएको हो ।

वितरण गरिएका किटको मूल्य झण्डै १२ लाख बढी रहेको एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताए ।

“कोरोना सङ्क्रमितको सामान्य स्वास्थ्य जाँच गर्न सहज र थप बल पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गरेका छौं”, उनले भने, “कोभिड संक्रमण भई घरमै होम आइशोलेसनमा बस्दै आएका बिरामीहरुका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्युनतम मापदण्ड अनुरुप आइसोलन तथा सरसफाई किट वितरण गरिएको छ ।”

सबै पालिकामा करिब ३९८ थान किट वितरण गरिएको छ । रेडक्रसका प्रतिनिधि र परियोजना कर्मचारीले स्थानीय तहका कार्यालयमै पुगेर सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया