लुम्बिनी विकास कोषलाई स्वास्थ्य समाग्री सहयोग

काठमाडौं । चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको ४० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री काठमाडौं ल्याइएको छ ।
कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पीपीई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो ।
कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाइन्सको चार्टर उडानमार्फत् शुक्रबार काठमाडौं आइपुगेको जानकारी दिइन् ।
चिनियाँ भगिनी संस्थाको पहलमा अनुदानमा प्राप्त सामग्री सक्दो छिटो लुम्बिनी पठाउने तयारी भइरहेको राइले बताइन् ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चीनको सिछुवान प्रान्तस्थित लसान जाइण्ट बुद्ध रमणीय क्षेत्रबीच तीन वर्षयता भगिनी सम्बन्ध स्थापित छ । यी दुबै युनेस्कोको विश्व साँस्कृतिक सम्पदा सूचीमा सुचिकृत छन् ।
लशासन पहाडमा खोपिएकोे शाक्यमुनि बुद्धको ढुङ्गाको विशाल मूर्ति विश्वकै सबैभन्दा ठूलो मानिन्छ । यसअघि लसानको तर्फबाट कोषलाई उपलब्ध गराइएको १० थान कन्सन्ट्रेटर गत आइतबार काठमाडौं ल्याइएको थियो ।
असल मित्र र साझेदारको नाताले लसानले कठिन समयमा नेपाललाई सद्भाव स्वरुप ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया