प्रदेशका योजनाबाट प्राविधिकलाई कमिशन !

बाजुरा । सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकले दश प्रतिशतसम्म कमिशन लिएको पाइएको छ । प्राविधिकले प्रत्येक योजनाबाट १० प्रतिशत रकम लिएर बिल उठाइरहेको उपभोक्ताको आरोप रहेको छ ।
प्राविधिकहरुले योजनाको स्थलगत अनुुगमन नगरेर मार्तडीमै बसेर बिल उठाउने गरेको पाइएको छ । प्रदेशको जिल्ला डिभिजन वन कार्यालय बाजुराअन्र्तगत पर्यटन पूर्वाधार कार्यक्रम तथा प्रदेश भूर्वाधार कार्यक्रम अन्र्ततगका योजनाबाट कमिसन लिएर योजनाको भूक्तानी दिने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताएका छन् ।
जिल्लामा पर्यटन पूर्वाधार कार्यक्रम अन्र्तगत २९ योजना र प्रदेश पूर्वाधार कार्यक्रम अन्तगर्त २७ योजना रहेका छन् । जिल्ला डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी राजन कुँवरका अनुसार सबै योजनामा प्राविधिक नपुुगेको स्वीकार गर्दै जनशक्ति थप्नुपर्ने बताए । पर्यटन पूर्वाधार कार्यक्रमअन्तगर्त बाजुरा खटिएकाे इञ्जिनियर प्रशान्त बोहराले भने कमिशन लिएको सत्य नभएको बताए ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया