मेलम्ची नपा–१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा
मेरोन्यूज
२०७८ असार ६ गते ८:१३

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए । कोषमा वडाध्यक्ष चौलागाईंले २६ हजार ७३० जम्मा गर्ने भएका छन् ।
कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८७० तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिंह तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति नौ हजार ९०० रुपैयाँ कोषमा जम्मा गर्ने भएका छन् ।
यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पुर्याएको छ ।
सम्बन्धित













भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया