उपत्यकाका तीन सिडियोको आज बैठक बस्दै

काठमाडौँ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको साँझ पाँच बजे बैठक बस्दैछ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाको बैठक बस्दैछ । बैठकले यही ८ गतेदेखि निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गर्ने जनाइएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले मंगलबारदेखि निषेधाज्ञालाई खुकुलो बनाउने बताए । यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मंगलबारदेखि निषेधाज्ञालाई व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाएर लैजाने बताए ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना संक्रमण घटाउने रणनीति बनाएको छ । यसअघि सरकारले ८ गतेदेखि स्मार्ट निषेधाज्ञा गर्ने बताएको थियो ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया