बुधबार, वैशाख १७, २०८२

देउवालाई फेरि सघाउन तयार होलान् विमलेन्द्र निधि ?

शित्तल शर्मा २०७८ असार ७ गते ८:१४

काठमाडौं / कांग्रेस उपसभापति विमलेन्द्र निधिले शनिवार सभापति शेरवहादुर देउवाको निवास वुढानिलकन्ठ पुगेर प्रस्ताव राखे,-‘आगामी महाधिवेशनमा तपाईंकै क्यान्डिडेट हुन चाहन्छु, तपाईंको साथ र सहयोग मलाई चाहियो ।’

निधिलाई देउवाले नै छलफलमा लागि बोलाएका थिए । दुई दिन अगाडीमात्रै महाधिवेशनको शंसोधित कार्यतालिका केन्द्रीय समिति बैठकले अनुमोदन गरेसँगै देउवाले १४ औं महाधिवेशन अन्तिम भन्दै त्यसका लागि पुनःसभापति बनेर पार्टीलाई पुरानो अवस्थामा फर्काएर छोड्ने प्रस्ताव निधिसँग राखेका थिए ।

निधि वुढानिलकन्ठ पुग्नु अगाडी नै देउवाले प्रदेश १ का आफु निकट नेताहरुसँग सभापति आफै् भिड्ने तयारीमा रहेको अनौपचारिक घोषणा गरिसकेका थिए ।

संस्थापन पक्षमा निधि देउवाका मुख्य हस्ती हुन् । १३ औं महाधिवेशनमा सभापति उठ्ने बेलामै देउवाले अर्काे महाधिवेशनमा निधिलाई सहयोग गर्ने बचन दिएका थिए । त्यहीकारण पनि देउवाकै लागिमात्र राजनीतिक त्याग गर्न यसपटक निधि तयार छैनन्। त्यही स्पष्ट सन्देश निधिले शनिबार देउवालाई सुनाएका हुन ।

निधिले देउवालाई प्रधानमन्त्री भएर मुलुक हाक्न र पार्टी आफुलाई हाक्न दिन आग्रह सहितको प्रस्ताव पनि गरेका थिए । तर देउवाले आफै सभापति अन्तिम पटक भिड्ने भन्दै सहयोगको आग्रह गरेपछि निधि देउवानिवासबाट आफु पनि सभापति चुनाव लडने भन्दै वाहिरिएका थिए ।

त्यसयता उनी देउवा निवास छिरेका छैनन । उनले पनि देउवाले झै आफु निकट नेताहरुसाग आफुलाई सभापतिमा सहयोग गर्न आग्रह गदै लविङ शुरु गर्न थालेका छन् ।

काग्रेसले भदौं १६ देखि १९ सम्म पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिक संसोधन गरेपछि सस्थापन पक्षबाटै सभापतिको साझा उम्मेद्वारको खोजीका क्रममा देउवा र निधि दुईजना आकाक्षी देखिएका हुन् । सस्थापन इतर ग्याङको समेत आकाक्षी उम्मेदवार खोजने हो भने ८ जना सम्म अहिले कांग्रेस सभापतिको दावी गर्ने नेता भटिन्छन् ।

सस्थापन इतरमा पनि रामचन्द्र पौडेल, डा शसांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायत नेता पनि सभापतिका आकाक्षी देखिएका छन् ।

तर सधै देउवालाई साथ दिदै आएका निधिले यसपटक देउवाकै सामुन्ने अवको सभापति आफु उठ्ने घोषणा गरेर हिँडेपछि देउवा क्याम्पमा खैलाबैला भने मच्चिएको छ । देउवाले छलफलका लागि बोलाएका बाग्मति, गण्डकी प्रदेशका नेताहरुले भने सस्थापनभित्रबाट एकै उम्मेदवार तय गरेर महाधिवेशनमा जानुपर्ने सुझाव देउवालाई दिएका छन् ।

देउवा अझै पनि निकट नेताहरुसँगको सम्वादमा छन । उनले लुम्विनी, कर्णाली र सुदुरपश्चिमका नेताहरुसँग आज (सोमबार) पनि छलफल गर्ने योजना बनाएका छन् । तर, देउवालाई विमलेन्द्रले नै चुनौति खडा गर्न खोजेपछि देउवा क्याम्पमा खैलाबैला मच्चिएको त छ । कतिपयले विमलेन्द्रको सभापति भिड्ने घोषणा अन्तिम अवस्थामा फिर्ता हुने बताईरहेका छन् । तर निधिले आफ्नो उम्मेदवारी कुनै बार्गेनिङका लागि नभई आगामी आम निर्वाचनमा पार्टीलाई विजयी गराउनको लागि भएको बताउन थालेका छन् ।

को हुन् निधि ?

कांग्रेसभित्र गिरिजाप्रसाद कोइरालाको विरोधमा उभिएर पहिचान बनाएका नेता शेरवहादुर देउवा हुन् भन्ने धेरैलाई लाग्न सक्छ । कोइराला परिवारबाट पार्टी नेतृत्व देउवाले नै खोसेका कारण त्यस्तो लाग्नु स्वभाविक पनि हो । तर कोइराला पक्षधरहरू त्यक्तिवेलै देखि भन्ने गर्थे– त्यो समूहको नेता शेरबहादुर होइन, विमलेन्द्र हो।

गिरिजाप्रसाद काग्रेसको शक्तिमा आएदेखि नै विमलेन्द्र उनको विपक्षी क्याम्पमा डटेरै लागे । कोइराला परिवार पार्टीभित्रको सत्ताको रुपमा रहिरहँदा धेरै नेताहरुले लाभ र अवसरका निम्क्ति पंगा लिन चाहेनन् । तर निधिले आफुलाई लागेको अडान लिन कहिल्यै छोड्नन् । उनले कोइराला परिवारको चंगुलमा रहेको पार्टीलाई देउवाको काँधमा ल्याईपुराउन निक्कै मेहनत गरे ।

महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र देउवाका लागि गेम चेञ्जरकै रुपमा देखिदै आएका थिए ।

२०१३ सालमा जन्मिएका निधिले २०२७ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीति शुरु गरेका थिए । २०३६ सालमा उनी नेपाल विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष बनेका थिए । उनलाई विपि कोइरालाकै पहलमा नेविसंघको अध्यक्ष बनाईएको थियो । पारिवारिक पृष्ठभूमि, जेलनेल भोगेको अवधि र आफ्नो गुटका नेताप्रतिको वफादारी कांग्रेसमा राजनीतिक योग्यताको आधार बन्ने गरेको छ। विमलेन्द्र निधिसँग यी सब कुरा छन् । सोही कारण नेविसंघको अध्यक्ष बनेसँगै निधि काग्रेसको राजनीतिमा उदाएका थिए ।

संयोग कस्तो भने निधि देउवा पछि नेविसंघको अध्यक्ष बनेका हुन् । उनी २०५१ को मध्यावधि चुनावमा धनुषा ४ बाट प्रतिनिधीसभा चुनावमा पहिलो पटक भाग लिएर निर्वाचित भएका थिए । त्यसपछि उनी २०५२ मै सामान्य प्रशासन मन्त्री भएका थिए ।

२०५३ मा उनी कांग्रेसको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसपछि उनी देउवा सहित नेताले कांग्रेस विभाजित गरेर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा महामन्त्री थिए । पछि २०६३ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिक वीचको पार्टी एकतापछि पनि उनी महामन्त्री चयन भएका थिए ।
त्यसपछि उनले पार्टी उपसभापतिसम्मको जिम्मेवारी सम्हालिरहेका छन् । उनी २०५९ सालमा शिक्षामन्त्री, २०७० मा भौतिक योजनामन्त्री र २०७३ सालमा उपप्रधान तथा गृहमन्त्री सम्मको जिम्मेवारी सम्हालिसकेका नेता हुन् ।
२०५६ र २०७४ को चुनावमा उनी पराजित भए । तर, २०५१ , ०६४ र २०७० को चुनावमा भने उनी विजयी बनेका थिए ।् २०७४ को चुनावमा भने उनी राजेन्द्र महतोसँग पराजित भएका थिए ।

निधिलाई मनाउने अनेक प्रयास

देउवाकै क्याम्पमा रहेर अहिले देउवालाई नै निधिले चुनौति दिन खोजेपछि कांग्रसभित्र धेरे नेताहरुले सभापति देउवालाई निधसिँग एक्लाएक्लै पहिले उम्मेदवारीका विषयमा छलफल गर्न सुझाएका छन् ।

शनिवार र आइतबार देउवाले गरेका निकट नेताहरुसँगको छलफलमा पनि धेरैले निधिसँग एक्लाएक्लै छलफल गर्न र निधि सहितलाई मनाएर उनीसहितको टिमको सभापति उठ्न देउवालाई निकट नेताहरुले सुझाव दिएका हुन् । तर देउवाले भने निधिले सभापति अव आफु उठ्ने भनेर आफुसँग छुटिटएर हिडेको बताएका छन् ।

निधिले देउवासँग भनेका थिए,–’सभापतिमा मलाई मौका दिनुस् । म पार्टी चलाउँछु । तपाईं प्रधानमन्त्री बन्नुस् ।’

तर देउवाले निधिको प्रस्ताव मानेनन् । निधिले अर्काे महाधिवशेनमा युवा पुस्तावाट आक्रामक बन्दै आईरहेका युवा नेताहरु सभापतिका आकाक्षी बन्ने भएकोले अहिले नै आफुलाई स्थान दिन देउवासँग आग्रह गरेका थिए ।

तर देउवाले निधिको प्रस्तावलाई अर्काे महाधिवेशन भनेर टारिदिए । ’अर्काे पटक उठ्नुहोला, अहिले पार्टी सम्हाल्ने अन्तिम मौका मलाई दिनुहोला, होइन लडछु नै भने सवैलाई लडने अधिकार छ, लडनुस्, म यो पटक सभापति लडदैछु,’ निधिसँग देउवाले भनेका थिए ।

देउवासँगको छलफलका क्रममा निधिले चुनाव लडने घोषणा गरेर हिड्को विषयमा नेताहरुले धेरै कुरा उठाएको वाग्मति प्रदेशका एक नेताले भने । ‘बिमलेन्द्र दाईले पनि सभापति लड्छु भनेको विषयमा पनि धेरै कुरा भए सभापतिसँग । उहाँलाई पनि ल्याउनुपर्छ, टिमका सबैलाई मिलाएर लैजानुपर्छ भनेर कुरा उठेको छ,’ नुवाकोट कांग्रेसका नेता बहादुरसिंह तामाङले भने,-‘त्यसका लागि टिमका सबैले भूमिका निर्वाह गर्ने र सभापतिज्यूले पनि पहल गर्ने समझदारी भएको छ ।’

देउवालाई धेरै जसो उनकै निकट नताहरुले निधिसँग एकपटक छलफल गर्न आग्रह गरेका हुन् । ‘तपाईं (सभापति)ले पनि एक्लै भेटेर छलफल गर्नुस् । हामी पनि उहाँ (निधि)सँग कुरा गछौं भनेर हामीले सभापतिलाई आग्रह गरेका छौं,’ एक नेताले भने,-‘उहाँ (निधि) लाई पनि समेटेर जानुपर्छ। कसरी र के भूमिकामा समेट्ने हो भन्ने कुरा गरौं र टुंग्याऔं । तर अवको महाधिवेशनमा पनि सभापतिचाहिँ देउवा नै हुनुपर्छ, निधिजीलाई पनि सँगसँगै लैजाने हो।’

प्रतिक्रिया