युरोकपमा आज एकै दिनमा चार खेल हुँदै

काठमाडौँ । युरोकप फुटबलमा आज सोमबार राति ९ः४५ बजेदेखि चार खेलहरू सुरु हुने भएको छ । युरोकपमा आज समूह ‘बी’ र समूह ‘सी’ को दुई दुई खेल हुने भएको हो ।
आजको पहिलो खेल समूह सीमा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेसँगै नकआउट चरणमा प्रवेश गरिसकेको छ । ६ अंक जोडेको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ ।
नर्थ म्यासेडोनिया अंकविहीन रहँदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुवै खेल गुमाएको थियो । यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । यो खेल पनि ९ः४५ बजेदेखि सुरु हुनेछ ।
आज हुने दोस्रो खेलमा दुवै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
आजको तेस्रो खेलमा समूह बीमा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
बेल्जियम यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ भने डेनमार्क अंकविहीन रहँदै पुछारमा रहेको छ । डेनमार्कले अघिल्ला दुई खेल गुमाएको छ । एजेन्सी









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
हाइली गुब्बी ज्वालामुखीका कारण नेपालबाट कतार जाने जहाज उडेनन्, सयौँ यात्रु विमानस्थलमै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
प्रतिक्रिया