युरोकपमा आज एकै दिनमा चार खेल हुँदै

काठमाडौँ । युरोकप फुटबलमा आज सोमबार राति ९ः४५ बजेदेखि चार खेलहरू सुरु हुने भएको छ । युरोकपमा आज समूह ‘बी’ र समूह ‘सी’ को दुई दुई खेल हुने भएको हो ।
आजको पहिलो खेल समूह सीमा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेसँगै नकआउट चरणमा प्रवेश गरिसकेको छ । ६ अंक जोडेको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रहेको छ ।
नर्थ म्यासेडोनिया अंकविहीन रहँदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुवै खेल गुमाएको थियो । यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । यो खेल पनि ९ः४५ बजेदेखि सुरु हुनेछ ।
आज हुने दोस्रो खेलमा दुवै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
आजको तेस्रो खेलमा समूह बीमा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
बेल्जियम यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ भने डेनमार्क अंकविहीन रहँदै पुछारमा रहेको छ । डेनमार्कले अघिल्ला दुई खेल गुमाएको छ । एजेन्सी


















बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया