ज्येष्ठ नागरिकलाई खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट
मेरोन्यूज
२०७८ असार ७ गते १४:५०

काठमाडौँ । कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पहिलो चरणमा साढे १३ लाख ज्येष्ठ नागरिकले कोभिशिल्ड खोप लगाएका थिए ।
उनीहरुलाई दोस्रो चरणको खोप लगाउन माग गर्दै सर्वोच्च अदालतमा ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरीले सोमबार रिट दर्ता गराएका छन् । उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको जनाइएको छ ।
फागुन २३ गतेदेखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिशिल्ड कोरोना खोप दिइएको थियो । तर, पहिलो खोप लगाएको १२ हप्ताभित्र दोस्रो ओप खोप दिनुपर्ने भए पनि साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो खोप अहिलेसम्म पाएका छैनन् । भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ ।
सम्बन्धित










भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ
बुधबार २८ सयले बढ्यो सुनको भाउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया