ज्येष्ठ नागरिकलाई खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट
मेरोन्यूज
२०७८ असार ७ गते १४:५०

काठमाडौँ । कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पहिलो चरणमा साढे १३ लाख ज्येष्ठ नागरिकले कोभिशिल्ड खोप लगाएका थिए ।
उनीहरुलाई दोस्रो चरणको खोप लगाउन माग गर्दै सर्वोच्च अदालतमा ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरीले सोमबार रिट दर्ता गराएका छन् । उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको जनाइएको छ ।
फागुन २३ गतेदेखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिशिल्ड कोरोना खोप दिइएको थियो । तर, पहिलो खोप लगाएको १२ हप्ताभित्र दोस्रो ओप खोप दिनुपर्ने भए पनि साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो खोप अहिलेसम्म पाएका छैनन् । भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया