मेलम्चीमा करेण्ट लागेर एक युवकको निधन
मेरोन्यूज
२०७८ असार ७ गते १५:२६

सिन्धुपाल्चोक । मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो ।
सोही घटनामा मेलम्ची–११ कै भरत दुलाल घाइते भई मेलम्चीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शिखरपुर नवलपुरतर्फ ल्याइएको फलामे खम्बालाई इन्द्रावतीको बाढीले क्षति पु¥याएपछि विद्युत् चुहिँदा सो दुर्घटना भएको बताइएको छ ।
सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युत्को खम्बाबाट लिक भएको करेण्ट लागेर दुलालको मृत्यु भएको बताए । रासस
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया