आजको राशिफलः आषाढ ९ गते बुधबार

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको ९ गते बुधबार, ज्येष्ठ शुक्लत्रयोदशी तिथि, उप्रान्त चतुर्दशी तिथि रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
बोलीमा कडापन आउँदा पारीवारिक जीवनमा द्वन्द देखा पर्ने छ । मनमा भारी निराशाले सताउने छ । प्राप्त उपलब्धिहरुमा पनि खुशी हुन सकिने छैन् ।सामान ढुवानी गर्ने सवारीसाधन, भाडाका सावारीसाधन, निर्माण सामग्री, विकास निर्माणका कामहरु, ठेक्कापट्टा, श्रमिक क्षेत्र, स्वास्थ्य सामग्रीको आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय फाइदा दायक रहने छ ।
वृष
प्रेम रोमान्समा सफलता मिल्ने छ । दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेम पाइने छ । दृढ खालको व्यक्तित्व हुने छ । व्यापार, विजनेश, वाणिज्य, कारोवार, एजेन्टिङ्ग जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । रिस भने अलि धेरै उठ्ने भएकाले यस बारेमा विचार पुर्याउनु होला । व्यवस्थापकीय कलामा बढोत्तरी हुने छ ।
मिथुन
धन सम्पत्तिको विषयमा मुद्धा मामिला तथा अड्डा अदालत धाउनु पर्ने समय सक्रिय रहेको छ । पारीवारिक जीवनमा द्वन्द देखा पर्ने भएकाले संयमित रहनु होला । मनमा दुविधाले सताउने छ । पेशागत जीवन भने शुभ रहने छ । दृढ व्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् ।
कर्कट
शारीरिक थकान र कमजोरी पनि उत्तिकै देखा पर्ने भएकाले यसबारेमा विशेष ध्यान दिनु होला । मनोवलको अभाव हुन जाने छ । साझेदारीमा गरिएका काममा द्वन्द बढ्ने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय सक्रिय देखिएकाले यस विषयमा ध्यान दिनु होला ।
सिंह
पेशाप्रति प्रतिबद्ध हुने व्यक्तित्व हुने भएकाले पेशागत स्थिरता कायम हुने छ । पेशागत जीवनमा कदर र उन्नति हुने छ । शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुख सयलका संयन्त्रहरु गुम्ने छन् । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ ।
कन्या
मेहनत र पराक्रमी हुन मन लाग्ने छ । भाग्यको साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । कमाईका लागि छोटो छोटो यात्रा गर्नु पर्ने समय आउने छ । तर आम्दानी सोच जस्तो नहुँदा मनोबलको कमि हुन जाने छ वा कमजोर मनोबलका कारण आम्दानीमा हुनु पर्ने जति प्रगति हुने छैन् । साझेदारीमा गरिएका काममा भने समस्या देखा पर्ने छ ।
तुला
आफ्नो कर्म र पेशा व्यवसायका प्रतिफलहरु परिवारप्रति समर्पित गर्ने स्वाभावमा भारी बृद्धि हुने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोलीमा नरमपना देखा पर्ने छ । तर पेशागत जीवनमा भने केही अस्थिरताको सामना गर्नु पर्ने हुन्छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा देखिएका जटिलता समाधान गर्न उपयुक्त जुत्तिको अभाव हुने छ ।
वृश्चिक
चाहिने ठाउँमा आवश्यक बुद्धि आउने छैन् । मनमा सकारात्मक भन्दा नकारात्मक विचारले घेर्ने भएकाले जीवन र जगतलाई सकारात्मक नजरबाट पनि हेर्ने प्रयास गर्नु होला । भाग्यहिनताको अभाष भइ रहने छ । समय धैर्य हुनु पर्ने खालको छ ।
धनु
पारीवारिक जीवन शुभ रहने भएता पनि बोलीमा देखिने कडापनका कारण प्रिय भने बन्न जाने छैन् । मनमा दुविधा नै दुविधाले डेरा जमाउने हुँदा निराशा बढ्न जाने छ ।साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीर अत्यन्त कमजोर हुने र थाई धेरै लाग्ने छ । समय धैर्य भएर अघि बढ्नु पर्ने खालको छ ।
मकर
दृढ खालको व्यक्तित्व हुँदा हुँदै परि रिस भने असाध्यै बढि हुन पुग्ने छ ।आम्दानी प्रति प्रतिबद्ध मन हुने छ । जीवनसाथिको सल्लाहमा गरिने कामले लाभ दिने छ । तर दाम्पत्य जीवनमा यसबाहेकका अन्य विषयमा भने द्वन्द देखा पर्ने छ । मन दृढ हुन जाने भएकाले कसैले पनि पेल्न सक्ने छैनन् ।
कुम्भ
प्रतिष्पर्धात्मक क्षमताको कमि हुने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरु वा विरोधीहरुले पेल्ने प्रयास गर्ने भएकाले सतर्क रहनु होला । बौद्धिकस्तरमा भारी बढोत्तरी हुने छ । तर सो अनुसारको पेशागत जीवन मजबुद नहुँदा तालमेल नमिल्दा मनमा निराशा देखा पर्न जाने भएकाले यस विषयमा सन्तुलित भएर हेर्ने प्रयास गर्नु होला ।
मीन
भाग्यको साथ रहेको छ । आम्दानीमा धेरै त होइन् थोरै मात्रामा भए पनि बृद्धि हुन जाने छ । पेशागत जीवनमा भने अबरोधहरु देखिन जाने छ । अध्ययन अध्यापनमा त्यति मन लाग्ने छैन् । धेरै जोखिमका काममा अघि बढ्नु होला । पेशागत जीवनमा जोगिएर व्यावहार गर्नु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया