सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली

डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण शुरु गरेको छ ।
गाउँपालिकाले पालिकामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका विपन्न, दलित आमालाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत ‘पोषण झोला’ वितरण कार्यक्रमको शुरुआत गरेको हो ।
कार्यक्रम शुरु भएदेखि अहिले त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी उपाध्यक्ष कोसेली बोकेर सुत्केरी आमाका घरघरमा जान थालेका छन् ।
उक्त कार्यक्रमअन्तर्गत अहिले पालिकाका सातवटैै वडामा रहेका सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त ‘पोषण झोला’ वितरण गरिन थालिएको उपाध्यक्ष निर्मला साउदले बताइन् ।
उनले भनिन्, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमा पुगेर पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौं, कोसेलीले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ ।”
सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।
उक्त कार्यक्रमअन्तर्गत पालिकाभरिमा रहेका ८४ आमालाई कोसेली पोषण झोलामा एक क्यारेट अण्डा, एक लिटर तोरीको तेल, एक किलो चिनी, एक किलो चना, दुई प्याकेट चियापत्ती, एक प्याकेट आयोडिन नुनसहित फलफूल वितरण गरिन थालिएको गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदले जानकारी दिए ।
पालिकाले उक्त कार्यक्रम लागू गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएका छन् । जिल्लामा उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गर्ने पूर्वीचौकी पहिलो स्थानीय तह भएको पालिकाको दाबी छ ।
















जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालत लगिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
प्रतिक्रिया