निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता
मेरोन्यूज
२०७८ असार ९ गते १९:१४

काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । एमालेमै रहेका पूर्व विद्यार्थी नेता जीवन राईको नेतृत्वमा दल दर्ता भएको हो । उनको दललाई आयोगले कलम चुनाव चिन्ह्र दिएको छ ।
राई माधव नेपाल निकटका विद्यार्थी नेता थिए । एमालेभित्र अन्तरसंर्घष चलिरहेका बेला राईले गत वैशाखमै आयोगमा दल दर्ताको निवेदन दिएका थिए । आयोगले ४५ दिनको समयावधिमा दल माथी प्रक्रिया पूरा गरेर दुई दिन अगाडि मात्रै प्रमाणपत्र दिएको हो ।
सो दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । यो दललाई माधव नेपाल पक्षले आन्तरिक रुपमा योजना बनाइृ दर्ता गराएको आशंका गरिँदै आएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया