स्थानीय तहले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट आ आफ्नो सभामा प्रस्तुत गदै
मेरोन्यूज
२०७८ असार १० गते ७:४८

काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ आफ्नो सभामा (आज) बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने केहीले आज मात्र पेस गर्न लागेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ- आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो । त्यसैले विगतको चुनावमा गरेको वाचा पूरा गर्ने र आगामी चुनावमा जनतालाई प्रभावित बनाउने खालको बजेट आउने अपेक्षा गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया