बिहीबार, जेठ ८, २०८२

जसपाको ठाकुर-महतो पक्षको बैठक बस्दै

मेरोन्यूज २०७८ असार १० गते ९:१९


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताहरूको बैठक बस्ने भएको छ ।
आज दिउँसो १ बजे बबरमहलमा उनीहरू समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो। जसपाबाट दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए। तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका थिए। मंगलबार पदमुक्त भएका मन्त्रीहरू र नेताहरू अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा जुट्न लागेका छन्। जसपाकै उपेन्द्र यादव विपक्षी गठबन्धनतर्फ लागेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीका लागि अगाडि सार्दै हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया