अन्तरजिल्ला सुरक्षा समन्वयमा ध्यान दिन प्रहरी महानिरीक्षक थापाको निर्देशन

काठमाडाैं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्ने विषयमा अन्तरजिल्ला सुरक्षा समन्वयमा विशेष ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
हालै सरुवा भएका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई आज निर्देशन दिँदै उनले परिस्थितिअनुसार पूर्ण व्यावसायिक रुपमा काम गर्न पनि आग्रह गरे । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले जिल्ला कमान्डरको आधारभूत भूमिका वहन गरी समग्र सुरक्षाको अनुभूति गराई सौहार्दपूर्ण वातावरण बनाउन विशेष चनाखो भई परिचालित हुन सुझाव दिए ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मनसुनजन्य विपद्, कोभिड–१९ को संक्रमण जस्तो विषम परिस्थितिमा विपद् व्यवस्थापन तथा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा आआफ्ना तर्फबाट सक्रियतापूर्वक योगदान पुर्याउनका लागि आवश्यक सुरक्षा योजनाका साथ लाग्न निर्देशन दिए । आर्थिक अनियमितताविरुद्ध खरो रुपमा प्रस्तुत भई प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि प्रहरी नेतृत्वलाई व्यवहार, सुविधा, ड्युटी, बिदा र कार्यसम्पादन मूल्यांकन न्यायोचित रुपमा गर्न पनि उनले सुझाव दिनुभएको छ ।
उनले सीमा अपराध नियन्त्रण तथा आपराधिक गतिविधि निस्तेज पार्नका लागि सम्बन्धित निकायसँग आपसी समन्वय बढाउन पनि आग्रह गरे । प्रहरी प्रधान कार्यालयले यही असार ८ गते ५२ प्रहरी उपरीक्षक र ५७ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो ।
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया