संवैधानिक इजलासको बहस स्थगित, निवेदक पक्षको समय बाँकी
मेरोन्यूज
२०७८ असार ११ गते १४:१२

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । संंवैधानिक इजलासमा शुक्रबारको बहस सकिएसँगै निवेदकतर्फका कानुन व्यवसायीका लागि छुट्याएको समय २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासमा कानुन व्यवसायीलाई बाँकी समयको जानकारी गराएका थिए । यससँगै उनले इजलास स्थगित गरेका हुन् ।
आज निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका छन् ।
रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आइतबार सकिने छ । यस्तै, विपक्षी पक्ष सरकारका तर्फबाट बहस सुरु हुने छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया