महाधिवेशन केन्द्रीत पौडेल पक्षको बैठक सुरु
मेरोन्यूज
२०७८ असार ११ गते १५:३१

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै आफ्ना आफना गुटका नेताको छलफल तिब्र रुपमा बढेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय नेताहरूको छलफल सुरु भएको छ । (आज) शुक्रबार दिउँसो २ बजे दियालो फुडल्याण्ड बसुन्धारामा बैठक सुरु भएको हो ।
यसअघि सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। सभापतिमा एक कार्यकाल फेरि दोहोरिने पक्षमा सभापति देउवा देखिन्छन् ।
वरिष्ठ नेता पौडेल पनि सभापति उठ्ने तयारीमा छन् तर उनले आफ्नो समूहमा छलफल गरेपछि मात्रै औपचारिक रूपमा घोषणा गर्ने बताइरहेका छन्।
शुक्रबार बिहान कांग्रेसमा सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल गरेका थिए ।भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ।
सम्बन्धित
















आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया