आप्रवासीका बारेमा समान धारणा बनाउन युरोपेली मुलुकलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

ब्रसेल्स । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । राष्ट्रसंघका महासचिव गुटर्रेसले बिहीबार युरोपेली संसदको एक अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले आप्रवासीका समस्याहरुका बारेमा पनि युरोपेली देशका प्राय सबै सदस्य राष्ट्रहरुले समाधान धारणा बनाउन र ती समस्याको समाधानका लागि संयुक्त रुपमा लाग्न सो आग्रह गरेका हुन् । उनले भने-, मलाई लाग्दछ कि आगामी दिनमा युरोपका राष्ट्रहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र यहाँका यस क्षेत्रका समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्दछ ।
यस क्षेत्रमा आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भएकाले आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गरे । उनले आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेश गरेको पनि महासचिव एन्टोनियो गुटर्रेसले त्यस अवसरमा भने ।
















सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया