एक्स्जाभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या, पुरिएको अवस्थामा फेला

काठमाडौँ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । एक्स्जाभेटर (जेसिबी) चालकसँग विवाद भएपछि चालकले शुक्रबार राति जेसिबीको बकेटले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको हो ।
भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरीको स्तरोन्नति काम भइरहेको थियो । राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए । खाजा खाएर फर्किने क्रकिँदा करिब १० बजे वडाध्यक्ष श्रेष्ठ र चालक तामाङ विवाद हुँदा बकेटले हानेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
बकेटले हानेर लडाएपछि माटोले पुरेको एसपी राठौरले बताए । घटनाबारे जानकारी पाउनासाथ प्रहरीले जिल्ला अस्पताल मलंगवा पुर्याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर ३ का ३५ वर्षीय दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका १ हजरियाका ३८ वर्षीय तामाङलाई प्रहरील्े नियन्त्रणमा लिएको छ ।
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया