पानीको विषयमा झडप हुँदा दर्जनभन्दा बढी घाइते, केहीको अवस्था गम्भीर
मेरोन्यूज
२०७८ असार १२ गते १३:११

रौतहट । आकाशबाट परेको पानीको विषयालाई लिएर दुई परिवारबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । जिल्लाको मौलापुर नगरपालिका १ मर्यादपुरमा शनिबार बिहान दुई परिवारबीच झडप भएको हो ।
स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोनार परिवारमाथि यादव परिवारले आक्रमण गरेको हो । आज बिहान खाना खाइरहेको अवस्थामा सोनार परिवारमाथि एक्कासी आक्रामण भएको थियो ।
सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको भन्दै विवाद सुरु भएको थियो । प्रहरीका अनुसार घटनामा परी केही व्यक्तिको अवस्था गम्भीर रहेको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया