पानीको विषयमा झडप हुँदा दर्जनभन्दा बढी घाइते, केहीको अवस्था गम्भीर
मेरोन्यूज
२०७८ असार १२ गते १३:११

रौतहट । आकाशबाट परेको पानीको विषयालाई लिएर दुई परिवारबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । जिल्लाको मौलापुर नगरपालिका १ मर्यादपुरमा शनिबार बिहान दुई परिवारबीच झडप भएको हो ।
स्थानीय भुवन साह सोनार र सोही ठाउँका हृदयनारायण यादवको परिवारबीच हानाहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोनार परिवारमाथि यादव परिवारले आक्रमण गरेको हो । आज बिहान खाना खाइरहेको अवस्थामा सोनार परिवारमाथि एक्कासी आक्रामण भएको थियो ।
सोनारले वर्षाको पानी आफ्नो घरबाट यादवको खेततर्फ पठाएको भन्दै विवाद सुरु भएको थियो । प्रहरीका अनुसार घटनामा परी केही व्यक्तिको अवस्था गम्भीर रहेको छ ।
सम्बन्धित
















Former Minister Upreti passes away
गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया