एमालेमा लागेका पूर्व माओवादी नेताबीच छलफल

काठमाडौं । माओवादी खेमाका एमाले नेताको छलफल भएको छ । नेकपा विभाजन भएर पहिलोको अवस्थामा पुगेपछि माओवादी छोडेर एमालेमा लागेका नेताहरुबीच अनौपचारिक छलफल भएको छ ।
उनीहरुबीच एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् तथा प्रदेश कमिटी लगायतका संरचनामा पूर्व माओवादीको समायोजनका विषयमा अनौपचारिक छलफल भएको हो । आज भएको छलफलमा एमालेमा लागेका माओवादीका नेता रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, प्रभु शाह रहेका थिए ।
छलफलमा सांगठनिक समायोजनमात्र नभएर बैचारिक एकताका विषयमा समेत एकमत हुनुपर्ने कुरा उठेको बताइएको छ । एकजना स्थायी कमिटी सदस्यले आफ्नो आन्तरिक छलफल भएको बताए । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी,केन्द्रीय निकाय र विभागहरुमा समायोजनका लागि पूर्व माओवादीबाट एमालेसँग एकीकृत भएका नेता कार्यकर्ताको सूचीमाथि छलफल भएको जनाइएको छ ।
एमालेका विभिन्न विभाग र निकायहरुमा पनि पूर्व माओवादीको समायोजन गर्न गृहकार्य भइरहेको बताइएको छ ।
















नेप्से परिसूचकमा सामान्य अंकको सुधार
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय
सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया