एमालेमा लागेका पूर्व माओवादी नेताबीच छलफल

काठमाडौं । माओवादी खेमाका एमाले नेताको छलफल भएको छ । नेकपा विभाजन भएर पहिलोको अवस्थामा पुगेपछि माओवादी छोडेर एमालेमा लागेका नेताहरुबीच अनौपचारिक छलफल भएको छ ।
उनीहरुबीच एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् तथा प्रदेश कमिटी लगायतका संरचनामा पूर्व माओवादीको समायोजनका विषयमा अनौपचारिक छलफल भएको हो । आज भएको छलफलमा एमालेमा लागेका माओवादीका नेता रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, प्रभु शाह रहेका थिए ।
छलफलमा सांगठनिक समायोजनमात्र नभएर बैचारिक एकताका विषयमा समेत एकमत हुनुपर्ने कुरा उठेको बताइएको छ । एकजना स्थायी कमिटी सदस्यले आफ्नो आन्तरिक छलफल भएको बताए । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी,केन्द्रीय निकाय र विभागहरुमा समायोजनका लागि पूर्व माओवादीबाट एमालेसँग एकीकृत भएका नेता कार्यकर्ताको सूचीमाथि छलफल भएको जनाइएको छ ।
एमालेका विभिन्न विभाग र निकायहरुमा पनि पूर्व माओवादीको समायोजन गर्न गृहकार्य भइरहेको बताइएको छ ।










कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन
झापा कारागारका एक कैदीको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया