तत्काल कोरोनाविरूद्ध खोपको माग गर्दै राष्ट्रिय जागरण मञ्चद्वारा चेनावनी
काठमाडौँ । राष्ट्रिय जागरण मञ्च नेपालले सरकारसँग तत्काल निः शुल्क र अनिर्वाय कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिनको व्यवस्था गर्न माग गरेको छ । आज प्रेस विज्ञप्ति निकाल्दै मञ्चले जनतालाई निः शुल्क र अनिर्वाय भ्याक्सिनको व्यवस्था नभए जनतासहित मञ्च सडकमा उत्रिन बाध्य हुने बताएको छ ।
मञ्चका संयोजक गुणराज लोहनीले निकालेको विज्ञप्तिमा भनिएको छ, ”नेपाली जनता कोभिड-१९ ले विगत दुई वर्षदेखि आक्रान्त भएका छन् । एकातिर जनताले उपचार पाएका छैनन् । उपचार पाएकाको धन बचेको छैन । काम गरी खाने जनताको रोजगारी गुमेकाले भोकभोकै रहनु पर्ने अवस्था छ । पछिल्लो समयमा नेपालमा कोभिड-१९ ‘डेल्टा प्लस’ वा ‘के ४१७ एन’को लहर आउने विशेषज्ञहरुले गरिरहेका छन् । गत वर्ष संक्रमणले आक्रान्त विकसित भनिएका देशहरु भेरोसिल, सोनोभ्याक्स जस्ता भ्याक्सिन दिएका पूर्ण मुक्त भएका छन् ।”
मञ्चले उपचार र रोजगारीको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेको छ । मञ्चले भनेको छ अहिलेको अवस्थामा नि: शुल्क र अनिर्वाय भ्याक्सिनको व्यवस्था गर्नु हाे ।
लोहनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ”नेपालका लागि उपयुक्त र सहज हुने सिनोभ्याक्स र भेरोसिल हुन् । जसको मुल्य पनि सस्तो पर्छ । भेरोसिलको मुल्य २२५ पर्दछ । कोभिडको तेस्रो लहर आयो भने सबै उमेरकालाई प्रभाव पार्ने भएकाले लगभग तीन करोड जनसंख्यालाई उक्त भ्याक्सिन दिनु पर्ने हुन्छ । यसो गर्दा अहिलेको आर्थिक वर्षको १ प्रतिशत बजेटले सबैलाई नि: शुल्क भ्याक्सिन दिन सकिन्छ ।” मञ्चले सरकारको जनताप्रति दायित्वबोध भए तुरुन्त भयाक्सिनको व्यवस्था गरियोस्- भनेको छ ।

















नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रतिक्रिया