किसानलाई बङ्गुरका पाठापाठी वितरण

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिकरूपमा बङ्गुर पालन गरिरहेका किसानलाई ३७० पाठापाठी वितरण गरेको हो ।
बङ्गुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बङ्गुरका पाठापाठी वितरण गरेको हो ।
पालिका अध्यक्ष प्रदीपकुमार चौधरीले व्यावसायिक बङ्गुरपालक किसानको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले पाठापाठी वितरण गरिएको बताए ।
“व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो”, अध्यक्ष चौधरीले भने, “बङ्गुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आवद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौं ।”
गाउँपालिकाका उपाध्यक्ष उमा महतोले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गरिन् ।
“हामीले दिएका बङ्गुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन”, उनेले भनिन्, “हामी निरन्तर अनुगमनमा आउने छौं । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।”
पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका १० वटा समूहलाई बङ्गुरका पाठापाठी वितरण गरिएको बताए ।
“हामीले गाउँपालिकामा व्यावसायिकरूपमा बङ्गुरपालन गरिरहेका १० वटा समूहका ९० कृषकलाई प्रतिकृषकलाई तीन पाठी र समूहमा एक पाठा पर्ने गरी पाठापाठी वितरण गरेका छौं”, उनले भने, “पठापाठी वितरण गर्न २० लाख खर्च भएको छ । यसलाई सदुपयोग गर्नुहोला ।”
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया