मलेसियामा हप्ताको ४ हवाई उडान हुने, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट चाहिने
मेरोन्यूज
२०७८ असार १४ गते १५:११

काठमाडौँ । आगामी बिहीबार अर्थात जुलाईदेखि नेपाल र मलेसियाबीच हवाई उडान हुने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै बन्द भएको हवाई उडान सुरु हुने भएको हो ।
गत असार ७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार हप्तामा ४ वटा उडान हुने भएको हो । जसमा हरेक हप्ताको शनिबार बिहान ४ः४५ बजे र बिहीबार बेलुका ६ः१५ बजे उडान हुनेछ ।
नेपालका तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्ने छ । यस्तै, दुई उडान मलेसियाको वायु सेवा कम्पनीले गर्ने भएको छ ।
नेपालस्थित मलेसियाको राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपाल आउने नेपालीले ७२ घण्टाभित्र गरेको पिसिआर रिपोर्ट आवश्यक हुनेछ । यसैगरी, सरकारले तोकेको होटलमा क्यारिण्टिन बस्नु पर्नेलगायतमा ध्यान दिन आग्रह गरेको छ ।

सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया