लामो समयपछि शेयर बजारमा हरियो

काठमाडौं । आगामी मौद्रिक नीतिले सेयर बजारलाई कन्ट्रोल गर्ने हल्ला फैल्याएर मार्केट घटाउने खेल चलिरहेको छ । केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीति बजारमैत्री नहुने हल्ला चलाएर बजार घटाउने काम भएको शेयर लगानीकर्ताहरुले जनाएका छन् ।
मौद्रिक नीतिले बजार बढ्नलाई सहयोग पुर्याएपछि आउने मौद्रिक नीति बजारलाई प्रभावित बनाउने आँकलन हुन थालेपछि असर शेयर बजारमा परेको हो ।
पछिल्लो केही दिनयता सेयर बजारमाथि विभिन्न निकायबाट प्रहार भइरहेको छ । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकाले पछि ओरालो लागेको बजार अहिलेसम्म सन्तुलनमा आइसकेको छैन् ।
केन्द्रीय बैंकले मौद्रिकको तयारी गरिरहेको छ । मौद्रिक नीतिले बजारलाई कुन दिशातर्फ लैजान्छ भन्ने अन्योलता कायमै छ । त्यही भएर पनि बजार अघि बढ्न सकेको छैन् । केही लगानीकर्ताले आफूसँग भएको सम्पूर्ण सेयर बेचेर मौद्रिक नीतिले बजारलाई कडाइ गर्ने र नेप्से घट्ने बताइरहेको छन् । त्यसैको असर बजारमा परिरहेको छ ।
खासगरी, मार्जिक कर्जाको सीमा घटाउने, ब्याजदर बढ्ने तथा सेयर बजारमा हुने लगानीलाई कडाइ गर्ने अफवाह फैलिएपछि बजार घटेको हो । यद्यपि, बजार घटाउने र बढाउनेबीच ठूलै रस्साकस्सी बढेको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज ५ दशमलब ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलब ४९ बिन्दूमा पुगेको छ । यसदिन ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको १ करोड ९२ लाख कित्ता सेयर किनबेच भएको छ ।
अहिले जलविद्युत् समूहको सेयर मूल्यमा भारी अंकले छ । यसदिन विकास बैंक, जलविद्युत्, ट्रेडिङ, फाइनान्स, निर्जीवन बिमा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

















रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया