पाँच विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्ने (वक्तव्यसहित)

काठमाडौं । पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । सोमबार बिहान नेपाल विद्यार्थी संघ, अनेरास्वयू (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, र अखिल (छैठौँ)बीच बसेको बैठकले संसद विघटनविरुद्ध उपत्यकालगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
असार १६ गते देशका ७७ जिल्ला तथा १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्रीको पुत्ला दहनसहित संयुक्त विद्यार्थी प्रदर्शन गर्ने निर्णय गरेको विद्यार्थी संगठनले जनाएका छन् । बैठकले संसद विघटनविरुद्ध सामुहिक प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् । संवैधानिक व्यवस्थाअनुसार अदालतले संसद पुनर्स्थापना गर्नेमा समेत ती संगठनहरुले विश्वास व्यक्त गरेका छन् ।
महामारीको मौका छोपेर पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि, जातीय विभेदको मुद्दामा मन्त्रीको कार्यशैली, महामारीमा सरकरले गरेको बेवास्ता जस्तै विषय पनि उनीहरुले उठाएका छन् ।
त्यस्तै बैंठकले विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न उपकुलपतिसमक्ष संयुक्त ज्ञापनपत्र बुझाउने भएको छ । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लकडाउन अवधिको शूल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै शूल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्थाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
विज्ञप्तिमा मन्त्री जस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तिब्र विरोध गर्दै ती संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् ।

















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया