कांग्रेस बैतडीको आग्रह – ‘सामाजिक सञ्जालमा आउने हल्लाको पछाडी नलाग्नुहोस्’

काठमाडौं । केही दिन यता ब्राहमण एकता बैतडी नामक फेसबुक एकाउन्टबाट नेपाली कांग्रेसका नेताहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कांग्रेस बैतडीले यस्ता तत्वबाट सजक रहन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गदै कांग्रेस बैतडीले ब्राहमण एकता बैतडी नामक फेसबुक एकाउन्ट खोलेर कांग्रेस नेताहरुको चरित्र हत्या गर्ने दुष्प्रयास भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई प्रभावित तुल्याउने हिसाबले यस्तो कार्य गरिएको ठहर गरिएको छ । यस्तो कार्यमा संलग्न जो कोही भएपनि कानुन अनुसार कारवाही गर्न कांग्रेसले माग गरेको छ ।
यस्ता गतिविधिमा नेपाली कांग्रेसमै आवद्ध भएका व्यक्तिहरुको संलग्नता भएको पाइएमा विधान बमोजीम साधारण सदस्य समेत नरहने गरी कारवाही हुने समेत विज्ञप्तीमा भनिएको छ ।
पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गरिएका दुष्प्रचारका पछि नलाग्न समेत कांग्रेस बैतडीले आफ्ना नेता, कार्यकर्ताहरुलाई अपिल गरेको छ ।
यसैबीच, ब्राह्मण एकता समाजका नाममा फेक आइडी बनाएर समाजिक सद्भाव खलबल्याउने र चरित्र हत्या गर्नलाई कारबाहीको माग गरि काठमाडौंस्थित साइबर ब्यूरोमा आइतबार उजुरी दिएको नेता जनक भट्टले मेरो न्युजलाई जानकारी दिए । केही दिनदेखि काँग्रेस सम्बद्ध व्यक्तिहरुको नाम र तस्वीर राखि ब्राह्मण एकता समाज बैतडी नामको फेक आइडीबाट आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच आउने काम गरिएको भट्टद्वारा दर्ता गराइएको उजुरीमा उल्लेख छ ।

















आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया