सार्वजनिक सवारी साधन चलाउने निर्णयप्रति यातायात व्यवसायीको आपत्ति

काठमाडौं । यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले काठमाडौं उपत्यकामा असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने उपत्यका प्रशासनको निर्णयप्रति आपत्ति जनाएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार १५ गतेबाट उपत्यकामा जोर बिजोर प्रणाली अनुसार सर्वाजनिक सवारी साधन सच्चालन गर्न दिने निर्णय गरेको थियो । उक्त निर्णयको विरोध गर्दै यातायात व्यवसायीले प्रशासनको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा गरेका छन् ।
संयुक्त प्रेस विज्ञप्ति मार्फत उनीहरुले २०६९ सालदेखि वैज्ञानिक भाडा दर समायोजन हुन नसकेको भन्दै भाडा दर समायोजन गर्न आग्रह गरेका छन् ।




















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया